शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

मङ्गलबार, १० जेठ २०७९, १३ : ५८
मङ्गलबार, १० जेठ २०७९

नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ ।  दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । 
निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो । 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने काँग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ ।  वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीन वटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप