बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?

मङ्गलबार, १० जेठ २०७९, १३ : ४९
मङ्गलबार, १० जेठ २०७९

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ ।  मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।

काँग्रेसपछि क्रमशः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

मतगणना सम्पन्न भएका पालिकामध्ये ३२२ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।  यस्तै, हालसम्मको परिणाम अनुसार एमालेका २०२, माओवादी केन्द्रका १२१, जसपाको ३०, एकीकृत समाजवादीको १९ र लोसपाको १६ जना उम्मेदवार पालिका प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् । अन्य दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिने १९ जना पनि पालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् । 

आयोगका अनुसार अहिले ११ पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४ वटामा काँग्रेस, तीन वटामा एमाले र एक÷एक वटामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

दुई पालिकाको एउटा÷एउटा केन्द्रमा मतदान हुनै बाँकी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप