शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उदयपुरको त्रियुगामा मतगणना सुरु हुँदै

मङ्गलबार, १० जेठ २०७९, १३ : ०९
मङ्गलबार, १० जेठ २०७९

उदयपुरको त्रियुगा नगरपालिकामा मत गणना सुरु गर्ने तयारी गरिएको छ। गत वैशाख ३० गते मतदान भएपछि दुई पक्षबीच विवाद भएपछि मतगणना रोकिएको हो।

विवाद चुलिएपछि निर्वाचन आयोगले छानविन गरेपछि मतगणना सुरु गर्न निर्देशन दिएको हो। मंगलबार बिहान सर्वदलीय बैठक बसेपछि मत गणना सुरु गर्ने तयारी गरिएको नेपाली काँग्रेसका मेयरका उम्मेदवार बसन्त बस्नेतले बताए।

 ‘बिहान सर्वदलीय बैठक बसियो। अब मतगणना सुरु गर्ने तयारी हुँदैछ’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘मतगणना स्थलमा सबै दलका एजेण्टहरु भित्र जाँदैछन्। एक छिनमा मतगणना सुरु गर्छौ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप