
गृहमन्त्री खाँणको प्रतिबद्धता : ताप्लेजुङ घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिनेछ
गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन हुने बताएका छन् । एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले गत २८ वैशाखको राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन् ।
छानबिनबाट दोषी देखिएकालाई कारबाही गर्ने मन्त्री खाँणको प्रतिबद्धता छ । ‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा २८ वैशाखको राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ