मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

मङ्गलबार, १० जेठ २०७९, १३ : ००
मङ्गलबार, १० जेठ २०७९

कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मङ्गलबार पदभार ग्रहण गरेका छन् । पत्रकारिता क्षेत्रमा करिब अढाइ दशक बिताएका उनी सो पेशाबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए । 

चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष पदमा चुनाव जितेका हुन् । उनले सात हजार १५१ मत प्राप्त गरे । उनीसँग पराजित नेपाली काङ्ग्रेसका उम्मेदवार परशुराम महतो (कठरिया) ले पाँच हजार २४२ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप