नर्सिङ लाइसेन्स परीक्षाका लागि १३ जेठदेखि फारम भर्न सकिने
मङ्गलबार, १० जेठ २०७९, १२ : ५६
सरकारले नर्स तथा मिडवाइफको लागि नाम दर्ता (लाइसेन्स) परीक्षा लिने भएको छ । नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा मिडवाइफ लागि दर्ता परीक्षा लिने भएको हो । यस परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने नेपाल नर्सिङ परिषद्ले जनाएको छ ।
त्यस्तै, मिडवाइफका लागि व्याचलर इन मिडवाईफ साइन्स (बीएमएस) पास गरेको हुनुपर्छ । लाइसेन्स परीक्षाका फारम आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम भर्न सकिन्छ ।
यस्तै, परिषद्का अनुसार सो अवधीमा फारम भर्ना छुट भए १२ असार देखि १८ असारसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने परिषदले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समिति गठन गरी निकास दिन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
-
मौद्रिक नीतिबारे नाडा : आंशिक सुधार सकारात्मक
-
पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप
-
बागमती प्रदेशसभाको ६ वटा समितिले आज सभापति पाउँदै
-
ललितपुरमा चोरी गर्ने समूह पक्राउ, सुन र मोबाइल पसलका सञ्चालक पनि समातिए
-
दलीय भागबन्डाका लागि ‘चोर बाटोबाट’ विशेषाधिकार समिति गठन