शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसले जित्यो ३२२ पालिका प्रमुख

मङ्गलबार, १० जेठ २०७९, १२ : ५१
मङ्गलबार, १० जेठ २०७९

नेपाली काँग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।  मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये काँग्रेसले ३२२ मा जित निकालेको हो । 

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ भने दुई वटा पालिकाको केही केन्द्रमा मतदान हुन बाँकी रहेको छ । 

स्थानीय निर्वाचनमा काँग्रेसले सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष हात पारेको छ । मतगणना भइरहेका ११ पालिकामध्ये ४ वटामा काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप