सेन्ट लरेन्समा ‘यौन दुर्व्यवहार’ प्रकरण : कोअर्डिनेटर रहेका एमाले नेता पक्राउ

चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी छन् ।
अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो । सेन्ट लरेन्स कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सुदीप गिरीले रातोपाटीलाई बताए । उनले भने–‘यो संवेदनशील विषय हो, हामी अनुसन्धान गर्दै छौँ ।’ कोअर्डिनेटर अधिकारीले आफूले ‘भने अनुसार गरे सहयोग गरिदिने’ भनेर गलत मनसायले भनेको विद्यार्थीहरूको आरोप छ ।
कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हत्कडीसहित अभियुक्त फरार
-
शिक्षक आन्दोलनप्रति दुई पूर्वप्रधानमन्त्रीको ऐक्यबद्धता, आन्दोलनस्थलमै जाने
-
राप्रपा नेपालको सोमबारको कार्यक्रम रत्नपार्कको शान्तीबाटिकामा, सबै राजावादीहरु एउटै मञ्चमा हुने
-
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
-
सरकारसँग गगन थापाको आग्रहः शिक्षकको आवाज दमन होइन, सम्बोधन गरियोस्
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति