सेन्ट लरेन्समा ‘यौन दुर्व्यवहार’ प्रकरण : कोअर्डिनेटर रहेका एमाले नेता पक्राउ
चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी छन् ।
अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो । सेन्ट लरेन्स कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सुदीप गिरीले रातोपाटीलाई बताए । उनले भने–‘यो संवेदनशील विषय हो, हामी अनुसन्धान गर्दै छौँ ।’ कोअर्डिनेटर अधिकारीले आफूले ‘भने अनुसार गरे सहयोग गरिदिने’ भनेर गलत मनसायले भनेको विद्यार्थीहरूको आरोप छ ।
कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
