शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अपर हेवाखोला जलविद्युतको आईपीओ खुल्यो, १ लाख कित्तासम्म आवेदन दिन मिल्ने

मङ्गलबार, १० जेठ २०७९, १२ : ४७
मङ्गलबार, १० जेठ २०७९

अपर हेवाखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि स्थानीयका लागि १०० रुपैयाँ अंकित ५ लाख कित्ता सेयर आवेदन खुलाएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आजदेखि बिक्री खुलाइएको आईपीओमा जेठ २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन पाइने क्यापिटलले बताएको छ ।

हाल जलविद्युतको प्रतिसेयर नेटवर्थ ९५.९१ रुपैयाँ रहेको छ भने प्रति सेयर आम्दानी ४.४९ रुपैयाँ छ । यस्तै, सञ्चित नाफा २२.४८५ रुपैयाँ छ भने नेटवर्थमा प्रतिफल ०.०५ रुपैयाँ छ । ८.५ मेगावाट जलविद्युत उत्पादन गर्ने कम्पनीको कूल लागत १ अर्ब ४२ करोड २८ लाख रुपैयाँ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप