बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेथानचोक गाउँपालिकाका नवनियुक्त अध्यक्षद्वारा एमबीबीएसका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा

मङ्गलबार, १० जेठ २०७९, १२ : ४३
मङ्गलबार, १० जेठ २०७९

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका नवनियुक्त अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेका छन् । अधिकारीले पदभार ग्रहण गरेसँगै एमबीबीएस र इन्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति दिने प्रतिवद्धता गरेका छन् ।

उनले कानुन एवं कार्यविधि निर्माण गरि आफ्ना गाउँपालिकामा एमबीबीएस, इन्जिनियरिङ र अन्य प्राविधिक क्षेत्रमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई २५ प्रतिशत र सर्वोत्कृष्ट विद्यार्थीलाई शत प्रतिशतसम्मको छात्रवृत्तिको व्यवस्था गर्ने बताएका हुन् ।

त्यस्तै, उनले ६० वर्ष उमेर भन्दा माथिका ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण गर्ने बताएका छन् भने वार्षिक कम्तीमा ५ किमीका दरले सडक कालोपत्रे गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप