वीरगञ्जका नवनिर्वाचित मेयर भन्छन्, ‘दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु पहिलो प्राथमिकता’

वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रूपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् ।
उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताए । उनले भने, ‘वीरगञ्जवासीसँग दैनिकी रूपमा जोडिएका जुन समस्याहरू छन् । सर्वप्रथम हामी त्यसलाई निदान गर्छौ । त्यसपछि विभिन्न सम्बन्धित विज्ञहरूसँग बसेर जसरी हामीले सुरुमा भनेका छौँ, करको विषयमा, स्वास्थ्य, शिक्षाको विषयमा हामी अगाडी बढ्छौँ । वीरगञ्जको सरसफाइ एउटा चुनौतीको रूपमा छ । वीरगञ्जवासीलाई वर्षातमा पानी जम्ने समस्या छ, यो सबै दैनिकीसँग जोडिएको कुराहरूलाई पहिलो प्राथमिकतामा राखेको छौँ ।’
जनता समाजवादी पार्टीका नेता सिंहले सत्तारुढ गठबन्धनको तर्फबाट विजय हासिल गरेका हुन् । नेकपा(एमाले)का तर्फबाट मेयरका उम्मेदवार एवम् निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । वैशाख ३० गतेको मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाउनुभएको छ । यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरीश गिरीले भने ३ हजार ३ सय १३ मत पाउनु भएको छ । महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बर भन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित हुनुभएको हो ।
उपमेयरमा विजयी आलमले ३० हजार ७८ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत ल्याउनु भएको छ । मेयर र उपमेयरमा एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ