लैनसिंह बाङ्देलको उपन्यासमाथि बन्यो फिल्म
मङ्गलबार, १० जेठ २०७९, ११ : ३८
साहित्यकार लैनसिंह बाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’ माथि फिल्म निर्माण भएको छ । निर्देशक प्रशान्त रसाइलीले उपन्यासमा फिल्म ‘अभिन्न’ निर्माण गरेका हुन् ।
निर्माण युनिटले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा अभिनेता कर्मा शाक्य र एक कुकुरलाई देख्न सकिन्छ । ‘आचार्य’, ‘सोल सिस्टर’, कथा’ फिल्मका निर्देशक रसाइलील ‘अभिन्न’को छायांकन सकाएर पोष्ट प्रोडक्सनमा रहेको छ ।
फिल्म सार्वजनिक प्रदर्शन अगाडि विदेशमा हुने बिभिन्न फिल्म फेस्टिभलमा सहभागी हुनेछ । रञ्जित गजमेरको संगीत रहेको फिल्म विभाकर सुन्दर शाक्यले निर्माण गरेका हुन् । उपन्यासले दार्जिलिङ शहरको बजारमा डुली हिँड्ने एक अपाङ्ग व्यक्तिले भोग्नु परेको जीवनकथा र उसलाई सहयोग गर्ने कुकुरको कथा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने
-
चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस