शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लैनसिंह बाङ्देलको उपन्यासमाथि बन्यो फिल्म

मङ्गलबार, १० जेठ २०७९, ११ : ३८
मङ्गलबार, १० जेठ २०७९

साहित्यकार लैनसिंह बाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’ माथि  फिल्म निर्माण भएको छ । निर्देशक प्रशान्त रसाइलीले उपन्यासमा फिल्म ‘अभिन्न’ निर्माण गरेका हुन् ।
निर्माण युनिटले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा अभिनेता कर्मा शाक्य र एक कुकुरलाई देख्न सकिन्छ । ‘आचार्य’, ‘सोल सिस्टर’, कथा’ फिल्मका निर्देशक रसाइलील ‘अभिन्न’को छायांकन सकाएर पोष्ट प्रोडक्सनमा रहेको छ । 

फिल्म सार्वजनिक प्रदर्शन अगाडि विदेशमा हुने बिभिन्न फिल्म फेस्टिभलमा सहभागी हुनेछ । रञ्जित गजमेरको  संगीत रहेको फिल्म विभाकर सुन्दर शाक्यले निर्माण गरेका हुन् । उपन्यासले दार्जिलिङ शहरको बजारमा डुली हिँड्ने एक अपाङ्ग व्यक्तिले भोग्नु परेको जीवनकथा र उसलाई सहयोग गर्ने कुकुरको कथा समेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप