शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।
कलेजका कोअर्डिनेटरसमेत रहेका अधिकारीले आफूसँगै सुत्न र त्यसो नगरे रेस्टिकेट परिदिनेसम्मको धम्की दिइएको विद्यार्थीहरूले दाबी गरेका छन् । कोअर्डिनेटर अधिकारीले पीडित बालिकालाई जबरजस्ती क्याफेमा लगेर संवेदनशील अङ्ग छोएको, आफ्नै घरमा बस्न दबाब दिएको लगायतका आरोप लगाएका छन् ।
किशोरीले विद्यालय जाँदा स्कर्ट लगाउँदा पनि स्कर्टका सम्बन्धमा अश्लील र भद्दा कमेण्ट गर्ने गरेको र फेसबुकमार्फत पनि बारम्बार यौन हिंसा गरेको विद्यार्थीले आरोप लगाएका छन् । माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ । विद्यार्थीहरूले ती शिक्षकलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई दबाब दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य