शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘पोखरामा बाकसभित्र भोट हरायो, पुनः मतगणना हुनुपर्छ’ (भिडियोसहित)

मङ्गलबार, १० जेठ २०७९, ११ : २९
मङ्गलबार, १० जेठ २०७९

पोखरा महानगरपालिकाको दुईवटा वडाको मतगणनामा धाँधली भएको भन्दै एमालेले पुनः मतगणनाको माग गरेको छ । एमाले महानगरका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफूहरुले पुनः मतगणनाका लागि निवेदन दिएको बताए । उनले वडा नम्बर १८ को ९ भोट र ३१ को ३ भोट बाकसबाटै हराएको बताए ।

 ‘मतगणनाको क्रममा बाकसभित्र हुनुपर्ने संख्यामा मतपत्र भएन । हामीलाई गम्भीर आशंका के भयो भने वडा नम्बर १८ को ९ वटा मतचाहिँ मतगणनाका क्रममा तलमाथि भयो’, निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको निवेदन दिएपछि उनले भने, ‘त्यसकारण पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो । यो वडा नम्बर १८ को कुरा हो ।’ 

 यस्तै प्रकृति वडा नम्बर ३१ मा पनि देखिएको भन्दै उनले त्यहाँ पनि ३ मत कम रहेको बताए । ‘जहाँ खसेको मत भन्दा काउन्ट गरेको मत कम देखियो । त्यहाँ पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो’, उनले भने।

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप