लगातार तेस्रो दिन सुनचाँदीको मूल्य स्थिर
मङ्गलबार, १० जेठ २०७९, ११ : २५
नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिनदेखि सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । जुन, जेठ ८ गते पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै, हिजो ९ गते पनि सोही मूल्यमा भएको कारोबार आज पनि स्थिर रहेको छ । यसै गरी, आज चाँदीको कारोबार मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ । जुन, पछिल्लो तीन दिनयता स्थिर मूल्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
-
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
-
सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी
-
चितवनले जित्यो टस, पहिले फिल्डिङ गर्ने
-
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
-
१३२ केभीए प्रसारण लाइन : ३ वटा टावर निर्माणको विवाद अझै सुल्झिएन