बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सशस्त्रका डीआईजी सिपी गौतमलाई एआईजीमा बढुवा गर्न सिफारिस

मङ्गलबार, १० जेठ २०७९, ११ : १०
मङ्गलबार, १० जेठ २०७९

सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । जेठ ९ मा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको बढुवा समितिको सचिवालयले जनाएको छ ।

वैशाख १९ पछि सशस्त्रमा दुईवटा एआईजीको पद खाली थियो । तर, वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई मात्र एआईजीमा बढुवा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । पौडेललाई मन्त्रिपरिषद्ले जेठ ६ मा एआईजीमा एकल बढुवा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप