वीरगन्जको उपमेयरमा आलम विजयी, वीरेन्द्र साहको आफ्नै मत पनि हरायो (मत परिणामसहित)

पर्साको वीरगन्ज महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका इम्तियाज आलम विजयी भएका छन् । उनी ३० हजार ७८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोतम् लाल झाले ९ हजार ५६८ मत पाएर पराजित बने । झा र आलमबीचको मतान्तर २० हजार २१० रहेको छ ।
यस्तै राप्रपाकी बिना जैसवालले ५ हजार ९८८, जनमत पार्टीकी अनितादेवीले १९४ तथ स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९०९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार वीरेन्द्र साहले शून्य मत पाएका छन् । उनको आफ्नै मत पनि हराएको निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा उल्लेख छ ।
यस्तै अर्का स्वतन्त्र उम्मेदवार रामबाबु महतोले १ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार सालीकराम प्रसाद कानुले २४२ मत पाए । यसैगरी दीपकप्रसाद पटेल, दिनेश कुमार कुशहवाले क्रमशः ५ र ८ मत पाए । वीरगन्जमा उपमेयरका १० उम्मेदवार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न