शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जेलेन्स्कीले युद्ध अन्त्यका लागि पुटिनसँग मात्रै वार्ता गर्ने

मङ्गलबार, १० जेठ २०७९, १० : २१
मङ्गलबार, १० जेठ २०७९

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक मात्र नेता हुन् जससँग युद्ध अन्त्य गर्न आफू वार्ता गर्न तयार रहेको बताएका छन् ।

जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै गर्दा सो कुरा बताएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जेलेन्स्कीले रुसको कारवाहीका कारण उनलाई कुनै पनि प्रकारको वार्ता गर्न गाह्रो भइरहेको बताएका छन् ।

रुसले अहिलेसम्म युक्रेनी नागरिकलाई जानाजानी निशाना बनाएको दाबीलाई अस्वीकार गर्दै आएको छ । रुसले आफ्नो आक्रमणलाई युक्रेनमा ‘विशेष अभियान’ भनेको छ ।

जेलेन्स्कीले भने, ‘रुसका राष्ट्रपतिले हरेक निर्णय गर्छन् । यदि हामी उनी बिना नै यो युद्ध समाप्त गर्ने कुरा गरिरहेका छौँ भने यस्तो निर्णय लिन सकिँदैन ।’

उनले भने, ‘राष्ट्रपति बाहेक म रुसी महासंघका कुनै पदाधिकारीसँग वार्ता गर्दिनँ, वार्ता युद्ध कसरी रोक्ने भन्ने एउटै मुद्दामा केन्द्रीत भएको अवस्थामा पनि वार्ता गर्ने छैन । यसबाहेक कुनै अन्य मुद्दामा वार्ताको कुनै अर्थ छैन ।’

गत हप्ता, जेलेन्स्कीले युक्रेनी टेलिभिजन च्यानलमा भने, ‘कूटनीति बिना युद्ध रोक्न असम्भव छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप