ललितपुर महानगरमा चिरिबाबुको दोस्रो जित पक्का
मङ्गलबार, १० जेठ २०७९, ०९ : ५२
ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गरेका छन् ।
एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभन्दा १७ हजार ६०७ मतले अगाडि छन् । उपमेयरमा भने एमालेकी मन्जली शाक्य वज्राचार्यको जित निश्चित भएको छ । उनले अग्रता पनि फराकिलो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध