बारामा गुडिरहेको कारमा आगलागी
मङ्गलबार, १० जेठ २०७९, ०९ : २६
बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो ।
आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन ।
लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५:३० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६:०० बजे आगो नियन्त्रणमा लिइएको थियो । कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ
-
न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ : गृहमन्त्री लामिछाने
-
कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै
-
प्रतिनिधि सभा बैठक स्थगित, सोमबार बिहान ११ बजे बस्ने
-
कांग्रेसले राजनीतिक दमन र दादागिरी देखायो : रवि लामिछाने