मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको विधान संशोधनको लागि तयारी सुरु

मङ्गलबार, १० जेठ २०७९, ०९ : १७
मङ्गलबार, १० जेठ २०७९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधनको लागि आवश्यक तयारी सुरु गरिएको छ । संघको विधान समितिका संयोजक डा. हेम राज शर्माको अध्यक्षतामा सोमवार बसेको पहिलो बैठकले कार्यविधि तयार गरेको समितिको सदस्य सचिव गंगाधार गौतमले जानकारी दिए । 

बैठकले सङ्घको विधानमा सदस्यता वितरण, राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि चयन, अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचन पद्धति लगायतका  विषयमा केन्द्रित रहेर कार्यविधि बनाउने निर्णय गरेको छ ।  बैठकमा सङ्घको १० औँ महाधिवेशनमा देखिएका चुनौती र विधान कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।  

बैठकले आगामी एक हप्ताभित्र संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसी र महासचिवद्वय गौरी जोशी र डा. केशव पौडेललाई। समितिको बैठकमा छलफलको लागि बोलाउने निर्णय गरेको छ  ।  बैठकमा समितिका सदस्यहरू यासमिन वेगम सयैद, नारायण आचार्य, भूषण घिमिरे, नरेन्द्र भाट र महेश श्रेष्ठको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप