जगन्नाथले भने, ‘विशेष कार्यक्रममार्फत फेरि आउँछु’

भरतपुर महानगरपालिककाे मेयर पदका उम्मेदवार रहेका नेपाली काँग्रेसका बागी नेता जगन्नाथ खतिवडाले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै विशेष कार्यक्रममार्फत छिट्टै जनताको सामिप्यमा आउने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणना बाट मलाई प्राप्त प्रत्यक्ष करिब १५ हजार र बदर मत समेत करिब १० हजार गरी २५ हजार महानगरबासी मेरा मित्र सचेत र स्वाभिमानी काँग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवी समेत बाट प्राप्त माया स्नेह र सहयोग का लागि हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रम मार्फत तपाईहरुको सामिप्यमा आउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु धन्यवाद तथा जय नेपाल ।’ उनले महानगरपालिकामा निर्वाचित भरतपुर महानगरपालिकाका नगरप्रमुख रेणु दाहाल र नगर उपप्रमुख चित्रसेन अधिकारीलगायत निर्वाचित सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
जीविकोपार्जनका लागि सिंगो गाउँ रित्याएर भारत छिर्यो वादी र कुमाल समुदाय
-
अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युरोपा लिगको अन्तिम १६ मा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा