बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जगन्नाथले भने, ‘विशेष कार्यक्रममार्फत फेरि आउँछु’

मङ्गलबार, १० जेठ २०७९, ०९ : १३
मङ्गलबार, १० जेठ २०७९

भरतपुर महानगरपालिककाे मेयर पदका उम्मेदवार रहेका नेपाली काँग्रेसका बागी नेता जगन्नाथ खतिवडाले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै  विशेष कार्यक्रममार्फत छिट्टै जनताको सामिप्यमा आउने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,  ‘भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणना बाट मलाई प्राप्त प्रत्यक्ष  करिब १५ हजार र बदर मत समेत करिब १० हजार गरी  २५ हजार महानगरबासी मेरा मित्र सचेत र स्वाभिमानी  काँग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवी समेत बाट प्राप्त माया स्नेह र सहयोग  का लागि हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रम मार्फत तपाईहरुको सामिप्यमा आउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु धन्यवाद तथा जय नेपाल ।’ उनले महानगरपालिकामा निर्वाचित भरतपुर महानगरपालिकाका नगरप्रमुख रेणु दाहाल र नगर उपप्रमुख चित्रसेन अधिकारीलगायत निर्वाचित सबै  वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप