काठमाडौंमा बालेनको फराकिलो अग्रता, सुनिताले कटाइन् ५० हजार मत
मङ्गलबार, १० जेठ २०७९, ०८ : ३३
काठमाडौं महानगरपालिकामा मंगलबार विहान ८ बजेसम्म १ लाख ४५ हजार ३६२ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४९ हजार ३५८ मतसहित अग्रता कायम राखेका छन् । उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मतसहित पछ्याई रहेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित २९ हजार २८४ मतका साथ तेस्रो स्थानमा छन् ।
यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४ हजार ४४७ मत ल्याएका छन् । यस्तै उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत ल्याएकी छिन् । उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मतका साथ पछ्याई राखेका छन् भने राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार १६१ मत ल्याएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित