वीरगञ्ज महानगरको मेयर र उपमेयरमा गठबन्धन विजयी
मङ्गलबार, १० जेठ २०७९, ०८ : २०
वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् ।
सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका हुन् । राप्रपाका गिरीश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम ठूलो मतान्तरले विजयी भएका छन् । उपप्रमुखको अन्तिम नतिजा भने आउन बाँकी छ । वीरगञ्ज महानगरका ३२ वटा वडा मध्ये १३ वटा वडामा जसपा, ९ वटामा काँग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण