दाङमा एमालेका खड्कालाई १६ सयभन्दा बढीको अग्रता
मङ्गलबार, १० जेठ २०७९, ०६ : ५०
दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५९ हजार ५६३ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् भने काँग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २३ हजार २०६ मत पाएका छन् । उनीहरुबीचमा १६८५ मतको अन्तर रहेको छ ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २४ हजार ५७२ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १७ हजार ३३३ मत पाएका छन् । उनीहरुको मतान्तर ७ हजार २३९ मत रहेको छ ।