मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेलाई हराउँदै पोखरामा उदायो एकीकृत समाजवादी

मङ्गलबार, १० जेठ २०७९, ०६ : ४९
मङ्गलबार, १० जेठ २०७९

नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।

१ लाख ३८ हजार २११ मत गनिसक्दा मेयर आचार्यले ५६ हजार ४७१ मत ल्याएका छन् भने  थापाले ५१ हजार १८५ मत ल्याएका छन् । पोखरामा कूल १ लाख ४३ हजार २२६ मत खसेको थियो । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । उनले  ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप