
ADVERTISEMENT
लुम्बिनी नगरपालिका मेयरमा काँग्रेस र उपमेयरमा एमाले निर्वाचित

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतको अन्तरले पराजित भए । गुप्ताले ५ हजार ५९६ मत पाए ।
उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् । ६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाएकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ