शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको फोहोर व्यवस्थापनमा अड्चन

मङ्गलबार, १० जेठ २०७९, ०६ : ४०
मङ्गलबार, १० जेठ २०७९

काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिको पदावधि सकिँदै गएपछि राजधानीमा फोहोरमैला असरल्ल रूपमा सडकमै यत्रतत्र थुप्रिँदै आइरहेको छ । काठमाडौं महानगरमा गत फागुनदेखि हालसम्म ५० दिनभन्दा धेरै समय फोहोरमैला सडकमै यत्रतत्र थुप्रिँदै आएको हो। यही जेठ ५ मा आधिकारिक रूपमा जनप्रतिनिधि रिक्त भएसँगै संघीय राजधानीसमेत रहेको काठमाडौंका सडक, गल्ली र चोकचोकमा असरल्ल फोहोरमैला थुप्रिएर दुर्गन्ध बढ्न थालेको छ।

महानगरको कर्मचारी संयन्त्रले फोहोरमैला नियमित रूपमा उठाउन नसकेपछि राजधानीको फोहोर फ्याँक्न प्रहरीलाई समेत गुहार्नुपरेको छ। संघीय राजधानी काठमाडौं महानगरमा दुई सातादेखि सडकमै असरल्ल रूपमा फोहोरमैला थुप्रिए पनि जनप्रतिनिधिको अभावमा कर्मचारीतन्त्र फोहोरमैला उठाउन असफल देखिएको हो। सहरी विकास मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा फोहोरमैला व्यवस्थापनमा सहजीकरण गर्न लिखित रूपमा अनुरोध गरेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप