बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

हवाई भाडा बढ्यो

मङ्गलबार, १० जेठ २०७९, ०६ : ३८
मङ्गलबार, १० जेठ २०७९

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।

नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं-सिमरामा न्यूनतम ९० रुपैयाँ रहेको छ। स्वचालित प्रणाली अनुसार वृद्धि गरिएको (फ्यूल सरचार्ज) अनुसार हवाई भाडा वृद्धि गरेको संघले जनाएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप