भरतपुरमा रेनु दाहालको मत ५० हजार नाघ्यो
मङ्गलबार, १० जेठ २०७९, ०६ : २९
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो छ । मंगलबारसम्म १ लाख २५ हजार ८४२ गणना गर्दा दाहालले १२ हजार १४० मतको अग्रता लिएकी छिन् ।
रेनु दाहाल ५१ हजार ११२ मत ल्याउँदा एमाले-राप्रपा गठबन्धनबाट एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ पाएका छन् । उपमेयर पनि गठबन्धनबाट काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५१ हजार ९०३ मतसहित अग्रस्थानमा छन् ।
उनलाई एमाले र राप्रपाको गठबन्धनकी उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मतसहित पछ्याई रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा