शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा काँग्रेसको वर्चश्व

सोमबार, ०९ जेठ २०७९, २२ : ५१
सोमबार, ०९ जेठ २०७९

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा गण्डकी प्रदेशबाट नगर प्रमुख २५, गाउँपालिका अध्यक्ष ५८, नगर उपप्रमुख २५, गाउँपालिका उपाध्यक्ष ५८, वडा अध्यक्ष ७४४, महिला सदस्य ७४२, दलित महिला सदस्य ७१७, खुला सदस्य १४८६ गरी ३ हजार ८५५ जना निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार दलगत रूपमा विभाजन गर्दा नेपाली काँग्रेसबाट प्रमुख १४, अध्यक्ष २१, उपप्रमुख १०, उपाध्यक्ष २०, वडा अध्यक्ष ३३९, महिला सदस्य ३१९, दलित महिला सदस्य ३१० र खुला सदस्य ६५० जितेको छ । यी सबै पद जोड्दा काँग्रेसले १६८३ स्थान जितेको छ ।

त्यस्तै, नेकपा (एमाले) ले प्रमुख ८, अध्यक्ष २७, उपप्रमुख ८, उपाध्यक्ष २४, वडा अध्यक्ष २८२, महिला सदस्य ३१५, दलित महिला सदस्य ३०८ र खुला सदस्य ६२० जितेको छ । यी सबै पद जोड्दा एमालेले १५९२ स्थान जितेको छ।

सोहीअनुसार नेकपा (माओवादी केन्द्र) ले प्रमुख २, अध्यक्ष ९, उपप्रमुख ७, उपाध्यक्ष १२, वडा अध्यक्ष ८९, महिला सदस्य ७७, दलित महिला सदस्य ७५ र खुला सदस्य १५१ जितेको छ । यी सबै पद जोड्दा माओवादी केन्द्रले ४२२ स्थान जितेको छ ।

यसैवीच राष्ट्रिय जनमोर्चाले प्रमुख १, अध्यक्ष १, उपप्रमुख ०, उपाध्यक्ष १, वडा अध्यक्ष १०, महिला सदस्य १२, दलित महिला सदस्य १२ र खुला सदस्य २२ जितेको छ । यी सबै पद जोड्दा जनमोर्चाले ५९ स्थान जितेको छ।
सोहीअनुसार नेकपा (एकीकृत समाजवादी) ले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष ३, महिला सदस्य ३, दलित महिला सदस्य ४ र खुला सदस्य ९ जितेको छ । सबै पद जोड्दा सो दलले १९ स्थानमा जित निकालेको छ।

त्यस्तै, जनता समाजवादी, नेपालले वडा सदस्य ३, महिला सदस्य ३, दलित महिला सदस्य ३, खुला सदस्य ६ जितेको छ । सबै पद जोड्दा सो दलले १५ स्थानमा जित निकालेको छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा अध्यक्ष १, महिला सदस्य १, दलित महिला सदस्य १ र खुला सदस्य ८ जितेको छ । यी सबै पद जोड्दा सो दलले ११ स्थानमा जित हासिल गरेको छ।

त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले महिला सदस्य १ पदमा मात्र जित गरेको छ। सोहीअनुसार स्वतन्त्रबाट उपाध्यक्ष १, वडा अध्यक्ष १७, महिला सदस्य ११, दलित महिला सदस्य ४ र खुला सदस्यमा २० जित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप