ad
x

काठमाडौं महानगरपालिका ९ मा भण्डारी, १० मा केसी निर्वाचित

person explore access_timeजेठ ९, २०७९ chat_bubble_outline0

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली काँग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका हुन् ।


अध्यक्ष पदमा विजय भएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित भएका छन् । महिला सदस्यमा काँग्रेसको तर्फबाट सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय भएका छन् ।



वडा १० मा काँग्रेसको केसी निर्वाचित 
त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा काँग्रेसका रामकृष्ण केसी विजय भएका छन् । केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पारेका हुन् । अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा  प्रतिस्पर्धी कार्कीले २९५३ मत प्राप्त गरेका छन् । सदस्यमा काँग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित भएका छन् । महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय भएकी छन् । दलित महिला सदस्यमा काँग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित  भएकी छन् ।



यसैबीच कामपाको प्रमुखको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ४६ हजार ५३४ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् भने नेपाली काँग्रसका उम्मेदवार सिर्जना हिंहले २७ हजार ८५८ मत पाएकी छन् । एमालेका केशव स्थापितले २६ हजार ७७३ मत ल्याएका छन् । उपप्रमुखमा एमालेको उम्मेदवार सुनिता डङ्गालले ४८ हजार ५१७ मत ल्याएर अग्रस्थानमा रहेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ हजार ६६० मत पाएका छन् ।



बाइसवटा वडाको मतपरिणाम सार्वजनिक
महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १८, २०, २१ र २२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११,  १२, २३, २४, २५, २६ २७, २८, २९ ३०, ३१ र ३२  को मतपरिणाम सार्वजनिक भइसकेको छ ।



त्यसैगरी हालसम्मा एक लाख ३४ हजार ३५६ मतगणना सम्पन्न भएको छ भने जसमा चार हजार ९६४ मत बदर भएको आयोगले जानकारी दिएको छ । कामपामा तीन लाख २२४ मतदाता रहेकामा करिब एक लाख ९२ हजार मत खसेको थियो । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।