काठमाडौंको टेकुमा आगलागीबाट करिब ३ करोड क्षति
सोमबार, ०९ जेठ २०७९, २२ : ०८
काठमाडौं महानगरपालिका–११ स्थित टेकुमा बिजुली पसलमा आगलागी हुँदा करिब ३ करोडको क्षति भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो टेकुस्थित स्वतन्त्र रिजालको इलेक्ट्रिक पसलमा आगो लागेको थियो ।
रिजालले संचालन गरेको तेस्रो तल्लामा बिजुली सर्ट भएर आगलागी हुँदा करिब ३ करोडको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सुरक्षाकर्मीले ३ वटा दमकल र दुईवटा पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिएका छन् ।