
ललितपुरबाट ६ जना जुवाडे पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । चाँगाथली स्थित विष्णु बस्नेतको घरमा अवैध रुपमा जुवा खेलीरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका घर भएका ४५ वर्षीय कृष्ण थापा, ४८ वर्षका राजेन्द्र कार्की, ४७ वर्षीय विष्णु बस्नेत, ४८ वर्षीय रुपक भारती, ४० वर्षीय सुमन भण्डारी र ५८ वर्षीय राम गोबिन्द महर्जन छन् । जुवा खालबाट १ लाख ६९ हजार नगद बरामद गरिएको एसपी शाहले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ