बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण एसियामा आउने वैदेशिक लगानीको ८६ प्रतिशत भारतमा आउँछ : अर्थशास्त्री वाग्ले

सोमबार, ०९ जेठ २०७९, २१ : ३९
सोमबार, ०९ जेठ २०७९

अर्थशास्त्री अच्युत वाग्लेले दक्षिण एसियामा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को अधिकांश हिस्सा भारतमा मात्रै आउने गरेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको ‘मेक इन नेपाल’ सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

‘दक्षिण एसियामा आउने कूल एफडीआईको ७६ प्रतिशत भारतमै आउँछ,’ उनले भने, ‘त्यसपछि बंगलादेशमा बाँकी अलिअलि आउँछ । नेपालमा १ प्रतिशत पनि आउँदैन ।’ उनले विदेशी लगानीको नजरमा नेपाल सबैभन्दा न्यून प्राथमिकतामा पर्ने बताए ।

यस्तै, लगानीकर्ताको देशमै खपत हुने खालको वस्तु उत्पादन गर्ने वैदेशिक लगानी उत्तम देखिएको उनको भनाइ छ । ‘भारतीय लगानीको युनिलिभर, डाबर र साइप्रसका लगानीकर्ताले स्थापना गरेको मिनिरल वाटर उत्पादन गर्ने जस्ता लगानी नेपाललाई आवश्यक छ,’ उनले भने, ‘विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्दा छुट्टै बजार खोज्नुनपरोस्।’ यस्तै, नेपालले पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा लगानी गर्ने भनेर भर्खर पारित गरे पनि विश्वको लगानी प्रवृत्ति योभन्दा धेरै अघि बढिसकेको वाग्लेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप