शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन क्षेत्रको जिडिपीमा योगदान कम देखियो : बोर्ड प्रमुख रेग्मी

सोमबार, ०९ जेठ २०७९, २० : ५६
सोमबार, ०९ जेठ २०७९

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायीहरुले प्याकेज बिक्री गरे बापतको रकम बैंकिङ च्यानलभन्दा बाहिरबाट आउने गरेकाले पर्यटन क्षेत्रको जिडिपीमा योगदान कम देखिएको बताएका छन् । सोमवार पर्यटन बोर्डको तर्फबाट नवनियुक्त बोर्ड सदस्य, नाटा र भिटोभका नयाँ कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पर्यटकहरुले अनलाइन मार्फत किनेको प्याकेज ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको बताए । कार्यकारी प्रमुख डा. रेग्मीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ७ देखि १० प्रतिशत योगदान रहेकाले त्यो योगदान कायम राख्न यस्तो रकम बैंकिङ च्यानल मार्फत नेपाल आउनुपर्ने बताए । उनले व्यवसायीहरुले कार्यकारी प्रमुखले सधैँ करको कुरा गर्ने आरोप लगाएको बताए । उनले पर्यटन क्षेत्रले राज्यलाई पु¥याउने योगदानको विषय गर्वका साथ भन्नसक्ने अवस्था सिर्जना गर्ने वातावरण बनाउनको लागि करको विषय उठान गरेको बताए ।

प्रमुख रेग्मीले कोभिडपछि पर्यटनमा देखिएको समस्या समाधान गर्न बोर्डले काम गरिरहेको बताए । उनले पछिल्ला समय नेपालमा पर्यटक आगमनमा भएको बृद्धिले पर्यटन छिट्टै लयमा फर्किने आशा जगाएको बताए । बोर्डले क्यानडामा नेपालको प्रवद्र्धनमा काम गरिरहेका बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि (एचपीआरआर) नरबहादुर टण्डनलाई पनि सोही अवसरमा सम्मान गरेको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप