राजीव पौडेलद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा
असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पौडेलले अखिल नेपाल फुटबल संघलाई विधान र नियमसंगत तरिकाले चल्न नसकेको भन्दै पौडेलले उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
यस अघि सोमबारै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्यानलसहित उम्मेदवारी दिएका छन् भने वर्तमान अध्यक्षसँग असन्तुष्ट रहेको पंकज विक्रम नेम्वाङले शुक्रबार अध्यक्ष पदकै लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । यस्तै असार ६ गते हुने निर्वाचनका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले अध्यक्ष र वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौ क्लबसँग मताधिकार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा