
२ लाख ५३ हजारलाई पर्यो रिभर फल्सको आईपीओ, ५० हजार आवेदन रद्द

रिभर फल्स पावरको साधारण सेयर (आईपीओ) आइपीओ २ लाख ५३ हजार ८९० जनाले पाएका छन् । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गर्दै उक्त आवेदकले सेयर पाएको जानकारी दिएको हो ।
वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म बिक्री खुलाएको कम्पनीको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाको आवेदन परेको थियो । उक्त आवेदकले २ करोड ९२ लाख ९४ हजार ६३० कित्ता सेयरका लागि आवेदन गरेका थिए ।
जसमध्ये ४९ हजार ९३ जनाको आवेदन रद्द भएको छ । उक्त आवेदकको आवेदन रद्द भएपछि १ लाख ९ हजार २५९ जनाको आवेदन योग्य बनेका थियो । कम्पनीले १०० कित्ता अंकित २७ लाख ३० हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ