घर–घरमा यौन हिंसा छ : मन्त्री रेग्मी
सोमबार, ०९ जेठ २०७९, १९ : १३
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा रहेको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।
उनी भन्छिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् । ’ उनले यसका लागि कानुन मन्त्रालयलगायत सबै निकायले गम्भिर भएर काम गर्न आग्रहसमेत गरिन् । छलफल कार्यक्रममा उनले हदम्यादका कुरा राख्ने हो भने अपराधी छिमेकी देश तथा अन्य देश भागेर आफ्नो बचाउ गर्न सक्ने भन्दै यो हदम्याद राख्न नहुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल