ad
x

जनकपुरधामको मेयरमा काँग्रेसका बागी उम्मेदवार साह निर्वाचित

person explore access_timeजेठ ९, २०७९ chat_bubble_outline0

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बागी  उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह (हिरा)ले ९ हजार ५ सय ३२ मत ल्याएका छन् । मनोज ३ हजार ९ सय ३३ मतान्तरले विजयी भएका हुन् । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहले ५ हजार १ सय ९४ मत ल्याएका छन् । लालकिशोर निवर्तमान मेयर समेत हुन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याएका छन् ।



यस्तै जनकपुरधाम उपमहानगरको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका किशोरी साह निर्वाचित भएकी छन् । उनले १५ हजार ५ सय २५ मत ल्याएर  उपमेयरमा निर्वाचित भएकी हुन् । 

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणादेवी झाले १० हजार ८ सय ८५ मत ल्याइन् । त्यस्तै लोसपाका उपमेयरकी उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत  ल्याउन सकिन् । मिश्र निवर्तमान उपमेयर समेत हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।