बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीद्वारा पेट्रोलियमको मूल्यवृद्धिको विरोध

सोमबार, ०९ जेठ २०७९, १८ : ४९
सोमबार, ०९ जेठ २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा विरोध पर्दशन गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

विरोध पर्दशन​मा बोल्दै संगठनका महासचिव दिपेश पुनले जनताको ढाड सक्ने गरी भएको पेट्रोलियमको मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । उनले सरकारले मूल्यवृद्धि फिर्ता नगरे यसअघि जस्तो विरोध नभई निर्णयका आन्दोलन गर्ने बताए । आन्दोलनका एजेण्डा तय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक जारी रहेको उनले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप