शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानको कदमप्रति इपीएलका लगानीकर्ताहरुको असन्तुष्टि

सोमबार, ०९ जेठ २०७९, १८ : २५
सोमबार, ०९ जेठ २०७९

एभरेष्ट प्रिमियर लिग (इपीएल) का टिम मालिकहरुले क्यानको पछिल्लो कदमलाई लिएर असन्तुष्टि जनाएका छन् । क्यानले गत साता नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने निर्णय गरेको थियो । क्यानले एउटै मात्र फ्रेन्चाईजी लिग गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

उनीहरुले फ्रेन्चाइज प्रतियोगितामा लामो समय ठूलो लगानी गर्दा अहिले आएर प्रतियोगिता गर्न नदिने भन्दा आफूहरुलाई असर पर्ने बताए ।

लगानीकर्ताले प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानले देशमा चलिरहेका अन्य फ्रेन्चाइज प्रतियोगिताको दायरालाई साँघुरो पार्दै एकमात्र फ्रेन्चाइज प्रतियोगिताको रुपमा नेपाल टी–ट्वान्टी लिगलाई अघि बढाउने घोषणा गरेको छ । 

ईपीएलका टिम ललितपुर प्यार्टियट्सका मालिक किशोर महर्जनले क्यानको निर्णयमा परिवर्तन गर्नुपर्ने बताए । उनले चलिरहेका फेन्चाइजी प्रतियोगिताहरूलाई नयाँ ढंगले चलाउनुपर्ने बताए ।
‘क्यानको पछिल्लो निर्णयले निराशा जगाएको छ । चलिरहेका लिगहरुलाई नयाँ ढंगले चलाउन सहज होला,’ उनले भने ।

त्यस्तै काठमाडौं किङ्सका मालिक सञ्जय अग्रवालले क्यानले अन्तिम समयमा आएर आफुहरुलाई अन्याय गरेको बताए । क्रिकेटलाई व्यवसायीक बनाउने अभियानमा क्यानले बाधा गरेको बताए । ‘क्रिकेटलाई व्यावसायीकरण गर्ने कुरामा क्यान बाधक बन्यो । हामीलाई क्रिकेट विकासका लागि अब क्यानले एक बाटो देखाइदिनुपर्यो,’ अग्रवालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप