शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हदम्याद नहुँदा इगो साँच्ने प्रवृत्ति बढ्छ : सांसद विश्वकर्मा

सोमबार, ०९ जेठ २०७९, १८ : १०
सोमबार, ०९ जेठ २०७९

सांसद विमला विश्वकर्माले हदम्याद नराख्दा मान्छेमा इगो साच्ने प्रवृत्ति बढ्ने बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हदम्याद नराख्दा इगो साचेर आरोप लगाउने प्रवृति बढ्ने उनले बताइन् । कानुन भावना बहकिएर बनाउन नमिल्ने उनको भनाइ छ । हदम्याद हटाउने विषयमा उनले अरु सांसदले भन्दा फरक मत प्रकट गरेकी छन् ।

उनले भनिन्, ‘अहिले हदम्याद हटाउने भनेर आवाज उठिरहेको छ तर भावनामा बहकिएर कानुन बनाउँदा निर्दोष फस्न सक्छ ।’ तत्काल बनाइएका कानुन त्रुटिपूर्ण हुनसक्छ, जसमा निर्दोषले सजाय पाउन सक्ने अवस्था सिर्जना हुनसक्छ । हद म्यादका कारणले इगो साच्ने ठाउँ हुन नहुने उनको भनाइ छ । एकीकृत कानुन बनाउँदा प्रभावकारी हुने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप