बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र भत्ता दिने

सोमबार, ०९ जेठ २०७९, १७ : ४१
सोमबार, ०९ जेठ २०७९

ललितपुरको बागमती गाउँपालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाका नवनियुक्त अध्यक्ष वीरबहादुर लोप्चनले  पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेजसहित यस्तो निर्णय गरेका हुन् । 

उनले सुत्केरीलाई दुई हजार भत्ता दिन लागेको बताए । उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए । साथै, पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने समेत निर्णय भएको छ । शपथग्रहणसँगै बागमती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि सपथ खुवाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप