राजश्व चुहावट गर्ने निरज ट्रेडर्सविरुद्ध १६ करोड मागदाबीसहित मुद्धा दायर
राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने निरज ट्रेडर्सविरुद्ध करोडौं रकम मागदाबी गर्दै मुद्धा दायर गरेको छ । विभागले चितवनमा व्यवसाय गर्ने ट्रेडर्सका सञ्चालकहरू श्रीराम ठाकुर र जटशंकर जैसवालविरुद्ध मुद्धा दायर गरेको हो ।
जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बीजक खरिद गरेर वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरेर कम्पनीले राजश्व चुहावट गरेको पाइएको विभागले जानकारी दिएको छ । राजश्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधनसहित) को दफा ३ ले सोही ऐनको दफा ४(क) र (झ) बमोजिम कसुर गरेको पुष्टी हुन आएको छ ।
कम्पनीले २ करोड ४१ लाख ३५ हजार ९४१ रुपैयाँ मूल्य अभिवृद्धि कर र ५ करोड ५७ लाख १६ हजार ६१२ रुपैयाँ आयकर गरी कूल ७ करोड ९८ लाख ५२ हजार ५५३ रुपैयाँ राजश्व चुहावट गरेको थियो । त्यसैले, सोही रकमबराबरको जरिवाना रकमसहित कूल १५ करोड ९७ लाख ५ हजार १०६ रुपैयाँ मागदाबीसहित अदालतमा मुद्धा दायर भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन