शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजश्व चुहावट गर्ने निरज ट्रेडर्स विरुद्ध १६ करोड माग दाबीसहित मुद्दा दायर

सोमबार, ०९ जेठ २०७९, १७ : ०९
सोमबार, ०९ जेठ २०७९

राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने निरज ट्रेडर्स विरुद्ध करोडौं रकम मागदाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले चितवनमा व्यवसाय गर्ने ट्रेडर्सका सञ्चालकहरु श्रीराम ठाकुर र जटशंकर जैसवालविरुद्ध मुद्दा दायर गरेको हो ।

जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बिजक खरिद गरेर वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरेर  कम्पनीले राजश्व चुहावट गरेको पाइएको विभागले जानकारी दिएको छ । राजश्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधनसहित) को दफा ३ ले सोही ऐनको दफा ४(क) र (झ) बमोजिम कसुर गरेको पुष्टि हुन आएको छ ।

कम्पनीले २ करोड ४१ लाख ३५ हजार ९४१ रुपैयाँ मूल्य अभिवृद्धि कर र ५ करोड ५७ लाख १६ हजार ६१२ रुपैयाँ आयकर गरी कूल ७ करोड ९८ लाख ५२ हजार ५५३ रुपैयाँ राजश्व चुहावट गरेको थियो । त्यसैले सोही रकम बराबरको जरिवाना रकमसहित कूल १५ करोड ९७ लाख ५ हजार १०६ रुपैयाँ माग दाबीसहित अदालतमा मुद्दा दायर भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप