यौन हिंसाको मुद्दामा हदम्याद नराखौँ : मन्त्री रेग्मी
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा भएको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।
उनले भनिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् ।’ घरभित्रै महिलाहरु यौन हिंसामा परेका छन् उनले भनिन् । यसका लागि कानुन मन्त्रालय लगायत सबै निकायले गम्भिर भएर काम गर्न उनले आग्रहसमेत गरेकी छन् ।
छलफल कार्यक्रममा उनले यो मुद्दामा हदम्यादको विषय राख्न नहुनेमा जोड दिइन् । हदम्यादको विषय राखेमा अपराधी छिमेकी देश भारत तथा अन्य देश भागेर आफ्नो बचाउ गर्न सक्ने उनले बताइन् । उनले भनिन्, ‘वर्ष दिन पुगेपछि फर्केर फेरि त्यस खालको अपराधका संलग्न हुनसक्छ, त्यसैले हदम्याद हटाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’